पाँच वर्षको तलव विद्यार्थीलाई छात्रवृत्ति दिने तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेको घोषणा
२० असार, वुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आफ्नो कार्यकालभरी पारिश्रमिक सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन ।
नगर प्रमुख घिमिरेले आफूलाई प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम नगरका सबै सामुदायिक विद्यालयका एक÷एक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको रुपमा उपलब्ध गराउने बताए ।
प्रदेश सरकारले प्रदेश ५ मा नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैंयाँ तोकेको छ । जस अनुसार उनले पाँच वर्षमा २१ लाख तलब पाउँछन । उक्त तलब सबै तिलोत्तमा नगरपालिकामा हाल रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक÷एक जना विद्यार्थीलाई छात्रवृद्धि दिने भएका
प्रकाशित मिति : २० असार २०७५, बुधबार १५:०७