भोलि हुने स्थायी समिति बैठकको एजेण्डा तय गर्दै नेकपाको सचिवालय बैठक सकियो
२० असार, काठमाडाैँ । भोलि हुने स्थायी समिति बैठकको एजेण्डा तय गर्दै नेकपाको सचिवालय बैठक सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बिहीबार दिउँसो ३ बजे बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलिको स्थायी समितिको बैठकमा दुवै पार्टी अध्यक्षले रिपोर्टिङ गर्नेछन । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, अहिलेको राजनीतिक विकासक्रम, सरकारका कामहरु र पार्टीको सांगठनिक एकताको सन्दर्भमा रिपोर्टिङ हुनेछ भने पार्टी संगठनको प्रस्तावित नियमावलीमा छलफल गरेर स्थायी समितिको सुझाब अनुमोदन गर्ने अर्को एजेण्डा हुनेछ ।
प्रकाशित मिति : २० असार २०७५, बुधबार १३:१८