२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

श्रमिकको न्यूनतम तलब बढाउने प्रधानमन्त्री ओलीकाे घोषणा, अब मासिक १५ हजार

१८ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम तलब बढाउने घोषणा गर्नुभएको छ । मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले न्यूनतम तलब बृद्धि गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि बताउनुभएको छ । उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने बताउनुभएकाे छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार १०:००