१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बैंक तथा वित्तिय संस्थाले एक चौँथाइ कर्मचारी राखेर काम गर्नुपर्ने

१७ वैशाख, काठमाडौँ । बैंक तथा वित्तिय संस्थाले एक चौँथाइ कर्मचारी राखेर काम गर्नुपर्ने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले बैंक तथा वित्तिय संस्थाले एक चौँथाइ कर्मचारी राखेर काम गर्नुपर्ने निर्णय गरेको छ । बैंक तथा वित्तिय संस्थाका सबै कर्मचारी कार्यालय जान थालेपछि कार्यालयमै भीड हुने भएपछि त्यहाँबाट पनि कोरोना फैलन सक्ने डर देखिएको छ ।

 भारतसँग जोडिएका २२ नाका सिल हुने भएको छ । भारतसँग जोडिएको नाकाबाट धामाधम कोरोना संक्रमित भित्रिन थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले यस्तो निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले मन्त्रिपरिषद् समक्ष भारतसँग जोडिएका २२ नाका सिल गर्न सिफारिस गरेको हो ।

भारतसँग जोडिएका मुख्य ३५ नाका मध्ये २२ वटा बन्द गर्ने निर्णय भएको हो । ती नकाबाट मानिसहरूको ओहोरदोहर हुँदा कोरोना थप फैलिएको सीसीएमसीको निष्कर्ष रहेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार निर्माण कार्यमा पनि सम्न्धित स्थानमै बस्ने व्यवस्था मिलाउने गरीमात्र काम गर्न दिने निर्णय भएको छ । कामदारहरुलाई निर्माणस्थल बाहिर निकाल्दा जोखिम थप बढ्ने सीसीएमसीको निष्कर्ण रहेको छ । बैठकले देशका महत्वपूर्ण सहरहरूमा लकडाउन गर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार १९:५१