१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

१९ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अाज बस्दै छ । बैठक अाज बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने महासचिव  विष्णु पाैडेलले जानकारी दिए । बैठकमा महासचिव पाैडेल जनसंगठनकाे एकीकरणकाे प्रगतिको बारेमा जानकारी गराउने बुझिएको छ । सचिवालय बैठकमा सरकारलार्इ कसरी प्रभावकारी बनाउने भन्ने बारेमा समेत छलफल हुने बुझिएको छ ।

नेकपाले स्थायी समिति बैठक पर्सी अर्थात असार २१ गते बिहीबारका लागि बोलाइएको छ । स्थायी समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको श्रेष्ठले बताए । नेकपाका अध्यक्ष केपी शर्मा अोलीको चीन भ्रमण र अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारमा खटिनुपर्दा केही सातादेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार ०७:५९