२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

समृद्धि फाइनान्सले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्ने अनुमति पायो

१७ वैशाख, काठमाडाैँं । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २०७८ वैशाख १४ गते नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको छ, जस अन्तर्गत डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा फाइनान्स कम्पनीले संचालन तथा प्रदान गर्ने छ ।

यसै उपलक्ष्यमा यस फाइनान्सका ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा २०७८ असार मसान्त सम्म निशुल्क प्रदान गर्ने संस्थाले जानकारी गराएको छ । साथै फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग लगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि संचालनमा ल्याउँदैछ ।

प्रकाशित मिति : April 30, 2021 at 10:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/