नेकपाले बोलायो सचिवालय र स्थायी समितिको बैठक
१९ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बोलइएको छ । बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरी बोलाइएको नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकमा सरकारलार्इ कसरी प्रभावकारी बनाउने भन्ने बारेमा समेत छलफल हुने बुझिएको छ ।
त्यस्तै स्थायी समिति बैठक पर्सी अर्थात असार २१ गते बिहीबारका लागि बोलाइएको छ । स्थायी समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको श्रेष्ठले बताए । नेकपाका अध्यक्ष केपी शर्मा अोलीको चीन भ्रमण र अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारमा खटिनुपर्दा केही सातादेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।
प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १७:२०