१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नुवाकोटको बेलकोटगढीमा प्रभु बैंकको शाखा

८ वैशाख, नुवाकोट । प्रभु बैंक लिमिटेडले आप्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि नुवाकोटको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा २१४ औँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको महादेवफाँट शाखा कार्यालयको उद्घाटन बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गर्नुभयो । पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने शाखा प्रवन्धक दिपेश पाैडेलले विश्वासको छ ।

प्रकाशित मिति : April 21, 2021 at 7:18 pm