२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रदेश नं. ३ का मुख्यमन्त्री पौडेलद्वारा पदबहाली

हेटौँडा । ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानूनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १४:१९