१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

३० चैत, काठमाडौँ । देशभर कोरोना संक्रमणको दर बढ्दै गए पनि विद्यालय तत्काल बन्द नगर्न सरकारलाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।  शिक्षा मन्त्रालयले सोमबार विहान आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले परीक्षाहरु आइरहेकोले तत्काल विद्यालय बन्द गर्न नहुने सुझाव दिएका हुन ।

छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १०:५८