काठमाडौँबाटै पक्राउ परे विप्लव माओवादीका ४० नेता, पूर्वमन्त्री राईसहित ७ विरुद्ध मुद्दा
१८ असार, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४० नेता काठमाडौँबाटै पक्राउ परेका छन । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।
परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।
प्रकाशित मिति : १८ असार २०७५, सोमबार १५:२१