२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

शरीर मात्र सुन्दरको के खोजी गर्नु (गजल)

— शम्भु पुडासैनी
मरेका ती रहरको के खोजी गर्नु
मुल बिना नहरको के खोजी गर्नु ।।

गाउमा छ हराभरा प्रकृतिको छटा
अस्तब्यस्त शहरको के खोजी गर्नु ।।

पिजडा भित्र ज्युने बानी परेकाले
सुखद त्यो प्रहरको के खोजी गर्नु ।।

भित्र भित्रै सडेका दुर्गन्ध हुन्छन्
शरीर मात्र सुन्दरको के खोजी गर्नु ।।

हरपल हर क्षण नै मरे तुल्य छ यहाँ
फेरि पनि जहरको के खोजी गर्नु ।।
दक्षिण कोरिया ।
श्री परदेशी

प्रकाशित मिति : 15:10