२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सर्पले टोकेर महोत्तरीमा एकैदिन ४ जनाको मृत्यु

१८ असार, महोत्तरी । महोत्तरीमा सर्पले टोकेर ४ जनाको मृत्यु भएको छ ।
बर्दिवास नगरपालिकामा २ जना र गौशाला नगरपालिकामा २ जना गरी सोमबार राति सुतेकै ठाउँमा सर्पले टोकेर ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका ५ का २७ बर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउत, गौशला नगरपालिका १२ का ३६ बर्षीय सुशीलकुमार सिंह र सोही ठाउँका ११ बर्षीय मनिष राउत रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १३:२१