१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पर्यटन विभागमा आवद्ध ४० प्रतिशत ट्राभल तथा ट्रेकिङ एजेन्सी निष्क्रिय, नविकरण नगर्ने खारेज हुँदै

१७ असार, काठमाडौँ । पर्यटन विभागले ट्राभल तथा ट्रेकिङ एजेन्सी नविकरणका लागि एक महिनाको समय तोकेको छ । विभागबाट ट्राभल तथा ट्रेकिङ एजेन्सी सञ्चालनको लागि इजाजत लिएका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुलाई नविकरण हुन विभागले समय तोकेको हो ।

विभागले सार्वजनिक सूचना मार्फत ट्राभल तथा ट्रेकिङ एजेन्सी नियमावली २०६२ को नियम ७ बमोजिम दर्ता र नवीकरण हुनुपर्ने बारेको ध्यानाकर्षण गराएको हो । विभागका अनुसार आगमी साउन १५ गतेभित्र ६ महिनादेखि नवीकरण नभएका एजेन्सीलाई एक पटकको लागि मौका दिइएको छ ।

तोकिएको नियम अुनसार जरीवाना तिरेर साउन १५ भित्र नवीकरण नगराउने ट्राभल तथा ट्रेकिङ एजेन्सी खारेजीमा पर्ने विभागले जनाएको छ । विभागमा २ हजार भन्दा बढी ट्राभल र ३ हजार भन्दा बढी ट्रेकिङ एजेन्सी दर्ता छन भने जसमध्ये ६० प्रतिशत मात्रै सक्रिय र निमिमित नवीकरणमा रहेका छन ।

प्रकाशित मिति : १७ असार २०७५, आईतवार १०:४३