ज्योति लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?
२४ चैत, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ज्योति लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ। कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।जेएलआई संकेतबाट कारोबार हुने यो कम्पनीको सुरुवाती कारोबारका लागि नेप्सेले रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको ओपनिङ्ग रेन्ज तोकेको छ।

ज्योति लाइफ इन्स्योरेन्सको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनी धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। सोहीअनुसार यो कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार १४:४३










