२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

२२ चैत, काठमाडाैँ । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताइन् । गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।

प्रकाशित मिति : 14:21