२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अनसनका लागि जुम्ला पुगेका डा केसी पक्राउ, समर्थकको उग्र प्रदर्शनका कारण स्थिति तनावग्रस्त

१६ असार, जुम्ला । अनशनका लागि जुम्ला पुगेका डा गोविन्द केसी पक्राउ परेका छन । उनलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा अनशन र प्रदर्शन गर्न लागेपछि केसीलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो । केसी पक्राउ परेपछि उनका समर्थक अाक्रोशित भएका छन । प्रहरीले भीड नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ । समर्थकको उग्र प्रदर्शनका कारण जुम्ला सदरमुकाम खलंगाकाे स्थिति तनावग्रस्त बनेको छ ।

केसीका समर्थक उत्तेजित भएर नारावाजी गरेर  निषेधित घेरा तोड्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्चबाट केही घाइते भएका छन । तत्कालीन अवस्थामा सरकारी कोटामा विदेशमा गएर मेडिकल शिक्षा अध्ययन गरेर फर्केपछि दुर्गममा गएर जागिर खान अटेरी गरी राजिनामा गरेर हिडेका गोविन्द केसी अहिले दुर्गम मानिएको कर्णाली प्रदेशको जुम्लामा अनशनका लागि पुगेका हुन ।

तर जुम्लामा गएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेर अस्पतालको सेवा अस्तव्यस्त बनाउने केसीको रहर पूरा नहुने गरी प्रशासनले रोक लगाएको छ ।  जिल्ला प्रशासन कार्यालय जुम्लाले उनलाई अस्पताल भन्दा २ सय मिटर परमात्र अनसन बस्न अनुरोध गरेको छ । प्रशासनले अस्पताल, प्रहरी र प्रशासन कार्यालयको २ सय मिटर क्षेत्रमा अनशन नबस्न बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ । तस्बीरः देवीकृष्ण अधिकारी जुम्ला ।

–जुम्लामा डा गोविन्द केसीका समर्थकको टाउकोमा प्रहरीको लाठी 

–दुर्गममा जागिर खान इन्कार गरी राजिनामा गरेका केसीलाई अस्पतालमा अनसन बस्न रोक

प्रकाशित मिति : १६ असार २०७५, शनिबार १४:३५