७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सिंगटी हाइड्रो इनर्जीको आईपीओ कहिले हुन्छ बाँडफाँड ?


१८ चैत, काठमाडाैँ । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) अर्काे साता बाँडफाँड हुने भएकाे छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाे सिस्टममा देखिएकाे समस्याका कारण डाटा भेरिफिकेसनकाे काममा ढिला भएकाे कारणले याे साता बाँडफाँड सम्भव नभएकाे र अर्काे साताभित्र बाँडफाँड सम्पन्न गर्ने तयारी गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएकाे छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ९.३४ गुणा बढी हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १३:२९