२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

असार १५ का भाइरल सात तस्बीर, बिउको मुठै रोप्ने देउवादेखि हिलोमा ठाडो खुट्टा पार्ने युवतीसम्म

१६ असार, काठमाडौँ । धान दिवसको अवसरमा असार १५ अर्थात शुक्रबार देशैभर विविध तवरमा कार्यक्रम गरियो । धान दिवसकै दिन पारेर राजनीतिक दलका उच्च नेतादेखि, पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्री समेत खेतमै पुगेर किसानहरुलाई हौसला प्रदान गर्ने काम गरे ।

हुनत पछिल्लो वर्षहरुमा आलोचकहरुले राजनीतिक दलका नेताहरु एक दिन एक छिन खेतमा पसेर केही हुँदैन भन्दै टिप्पणी पनि गर्ने गरेका छन । तर, किसानलाई कृषि पेशामा टिकाइ राख्न र अझै उत्प्रेरित गर्न यस्तो सहभागितालाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।

केही वर्षदेखि असार १५लाई युवाहरुले हिलो खेलेर मनोरञ्जन लिने पर्वका रुपमा पनि विकास गराउन खोजेका छन । असार १५ कै सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा युवा पुस्ताका प्रतिनिधि र राजनीतिक दलका नेताहरुको भाइरल बनेका सात तस्बीर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार ११:०१