१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन

१७ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे । नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७८१ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे ३.८ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ६९ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य १ सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य १ हजार ८ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १०:२६