२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

थ्री नेशन्स कपको उपाधि जितेकोमा नेपाललाई अमेरिकाको बधाई

१६ चैत, काठमाडौँ । थ्री नेशन्स कपको उपाधि जितेकोमा नेपाललाई अमेरिकाको बधाई दिएको छ । नेपालस्थित अमेरिकी मिशनले नेपाली टिमलाइ बधाइ दिएको छ । नेपाली खेलाडीको फोटो ट्वीट गर्दै नेपालस्थित अमेरिकी दूतावासको आधाकारिक हण्डलबाट थ्री नेशन्स कपको फाइनलमा बङ्लादेशलाई पराजित गर्दै २-१ गोल अन्तरले उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिइएको छ ।

यस्तो छ अमेरिकी बधाइ ‘दशरथ रङ्गशालामा आज सम्पन्न थ्री नेशन्स कपको फाइनलमा बङ्लादेशलाई पराजित गर्दै २-१ गोल अन्तरले उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपालस्थित अमेरिकी मिशनको तर्फबाट हार्दिक बधाई। Congratulations, team Nepal!’

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार २०:१३