१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सोमबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१६ चैत, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन तोलाको ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको   थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, आज  तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ ।शुक्रबार तोलाको १२३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १२२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १३:२०