१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

साेमबार नेप्सेमा १९ लाख २३ हजार कित्ता बोनस सेयर सूचिकृत

१६ चैत, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बाेनस बापतकाे ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको हो । त्यस्तै, पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता सेयर सूचिकृत भएको हो । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बाेनस बापतकाे ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १३:०८