१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१३ चैत, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलाको १२३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १२:०६