१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

उन्नति सहकार्य लघुवित्तले १ करोड ३७ लाख बराबरको एफपिओ जारी गर्ने

१० चैत, काठमाडाैँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ३१ गते होटल पौवा, भैरहवामा विहान साढे १० बजे सभा बोलाएको हो। सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १७.८१०३८७२१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ। त्यस्तै, सभामा बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार बराबरको एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।


सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ११:२५