१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सोमबार घट्याे सुनको मूल्य, कति पुग्यो तोलाको ?

९ चैत, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । सोमबार सुनको मूल्य  सय रुपैयाँले घटेरकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो । सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार तोलाको १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार ११:२५