१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

८ चैत, काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार छ । शुक्रबार छापावाला सुन तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको  थियाे ।


त्यसैगरी,  आज तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको १२७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार ११:०२