१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

किशोर प्रधानसहित झण्डै तीन सय ठूला उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश

६ चैत, काठमाडाैँ ।  किशोर प्रधानसहित झण्डै तीन सय ठूला उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । यति ठूलो संख्यामा ठूला व्यवसायी एकै पटक पार्टी प्रवेश गरेको यो पहिलो पटक हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २ सय ३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश गर्न लागेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।

उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीको छलफल भन्दै आयोजना गरिएको कार्यक्रममा व्यवसायी एमाले प्रवेश गरेका हुन । उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराउनुभएको छ । एमाले प्रवेश गरेका प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित हुनुभएको थियो । पहिलो पटक शेखर गोल्छासँग पराजित हुनुभएका प्रधान यसैवर्ष उनले चन्द्र ढकालसँग पराजित हुनभएको थियो । प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार २१:००