३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नेपाल बैंक लिमिटेडको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा

६ चैत, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । मिति २०७७ चैत्र ४ गते बुधवार नेपाल बैंक लिमिटेड सन्चालक समिति अध्यक्ष श्री मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख श्री रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख श्री रत्न बहादुर खड्का र दैलेख जिल्ला उध्योग बाणिज्य संघका अध्यक्ष श्री कुल बहादुर बि.क. बिशिष्ट अतिथी रहनुभएको उद्घाटन समाहरोहमा जनप्रतिनिधी, ब्यापारी/ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी श्री मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राख्नुभएको थियो । नगर प्रमुख श्री रत्न बहादुर खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले आज सन्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्ष रहेको धारण राख्नु भयो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले बक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको बिशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गलाई अनुरोध गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख श्री बाबुराम काफ्लेको समेत उपस्थिती रहेको थियो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक श्री गणेश के.सि.ले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रादेशिक कार्यालयका प्रवन्धक श्री धर्मराज कोईरालाले स्वागत मन्तब्य दिनुभएको थियो भने शाखा प्रवन्धक श्री श्याम महताराले अतिथी सत्कार ब्यवस्थापन गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार २०:२८