१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तको एकिकृत कारोबार चैत्र ८ देखि

६ चैत, काठमाडाैँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ८ गतेबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएकाे विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेकाे छ । मर्जर पश्चात अब एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १२:२०