१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

६ चैत, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलाको १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार ११:०९