१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बिहिबार नेप्सेमा ३ वटा कम्पनीको १ करोड १४ लाख बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

५ चैत, काठमाडाैँ । बिहिबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा ३ वटा कम्पनीको १ करोड १४ लाख २ हजार ९९०.२६ कित्ता सेयर सूचिकृत भएको हो ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर, सेन्चुरी कमर्शियल बैंक लिमिटेडको बोनस सेयर र  नेपाल बंगलादेश बैंक लिमिटेडको बोनस र हकप्रद सेयर सूचिकृत भएको हो । नेप्सेमा सेन्चुरी​ कमर्शियल बैंक लिमिटेडकाे  ६१ लाख ८९ हजार ५७९.२६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

त्यस्तै, नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोअनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । र  नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १४:५३