९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

चिरख्वा हाइड्रोले आईपीओ निष्कासन गर्ने

४ चैत,काठमाडाैँ । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले  प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरको १२ करोड रूपैयाँ बराबरकाे १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


उक्त सम्झौतापत्रमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक केदारनाथ कार्कीले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १३:३८