१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२ चैत, काठमाडाैँ ।  आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार  तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।


आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलाको १२७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ११:२८