१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सुर्योदय लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति ?

२ चैत, काठमाडाैँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाकाे चैत्र १ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ११:१५