१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

महुली लघुवित्तले एफपिओ निष्कासन गर्ने

१ चैत, काठमाडाैँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले  एफपिओ सेयर निष्काशन गर्ने भएकाे छ । फागुन २९ गते बसेको संस्थाको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको आठौं वार्षिक सभा चैत्र २५ गते संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा प्रिमियममा एफपिओ सेयर निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार सभामा २०% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५% नगद लाभांश पारित गरिने छ ।


त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित साविक महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६,०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उअपर छलफल गरी पारित गरिनेछ यसका साथै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि पनि छलफल हुनेछ । संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १० गते बुकक्लोज गर्दैछ । त्यसैले चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार ११:०८