२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

समृद्धि फाइनान्सको नयाँ शाखा नारायणगढको लक्की प्लाजामा

२८ फागुन, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नाे पाँचौँ शाखाको रुपमा फागुन २८ गते, नारायणगढको मिलनरोड, लक्की प्लाजा स्थित शाखाको समुउद्घाटन गरेको छ । समारोहको उद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदी, सञ्चालक दिपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष श्री त्रिलोचन कंडेलले गर्नुभएको हो । संस्थाले फाल्गुण १२ गते पोखराको चिप्लेढुङ्गामा चौथो शाखाको उद्घाटन गरेको थियो ।


उक्त नयाँ शाखाहरु सहित देशभरि संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १३:५२