२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

प्रताप दासको गीत ‘खुशी’ सार्वजनिक

२८ फागुन, काठमाडौँ । गायक प्रताप दासको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘खुशी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा राज केसीको शब्द रहेको छ। जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा राज केसी र अस्ट्रलियन मोडेल एबि फिचर्ड छन्। अष्ट्रेलियाको विभिन्न रमणीय ठाउमा छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : 11:50