१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन

२८ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा स्वाबलम्बन लघुवित्त र सबैको लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। नेप्सेले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ६ सय ६५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ८२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । लघुवित्तकाे फागुन १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १९ औँ साधारण सभा चैत्र ११ गते अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

त्यस्तै सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०.५० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १२ सय २९ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यस लघुवित्तको चौथों वार्षिक साधारण सभा चैत्र १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १०:१३