१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आईजीपी सर्वेन्द्र खनालको पहिलो पत्रकार सम्मेलन आज, दुई महिनाको प्रगति सार्वजनिक गर्ने

१४ असार, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले आज पत्रकार सम्मेलन मार्फत दुई महिनाको प्रगति सार्वजनिक गर्ने भएका छन । दिउँसो दुई बजे प्रहरी मुख्यालयमा खनालले पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

पत्रकार सम्मेलनमा दुई महिनाको प्रगति विवरण सार्वजनिक गर्ने र पत्रकारको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको आइजीको सचिवालयले जानकारी दिएको छ । डिआइजी रहँदासम्म मिडिया मैत्री भनेर परिचित खनाल आइजी भएपछि मिडियामा प्रस्तुत हुनै नचाहेको भन्ने सम्मेको आलोचना भएको थियो ।

यद्यपी यो बीचमा खनालले सञ्चार माध्यममा धेरै नबोले पनि प्रहरी संगठनभित्रको सरुवा र बढुवाको जाम खुलाएका छन । बढुका विषयमा आलोचना हुँदा समेत केही प्रतिक्रिया नजाएका खनालले आज भने यो विषयमा पनि बोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ११:२७