१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

ग्रीन लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा, कहिलेदेखि हुन्छ कारोबार ?

२७ फागुन, काठमाडाैँ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । कम्पनीले माघ २३ गतेदेखि माघ २७ गतेसम्म आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे गरेकाे थियाे ।  कम्पनीले GLH सिम्बाेल पाएकाे छ ।  कम्पनीकाे उक्त आइपिओ शुक्रबार नेप्सेमा सूचीकरण हुनेछ । शुक्रबार नेप्सेमा सूचीकरण भएसँगै कम्पनीकाे दाेश्राे बजारमा काराेबार अर्काे सातादेखि हुने तयारी गरिएकाे छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्दा भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १२:०९