१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

धादिङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

१४ असार, धादिङ । धादिङको छुट्टा–छुट्टै स्थानमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर दुई परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वती रहेका छन । त्यस्तै खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको धादिङको जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए ।

सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । गएराति करिब साढे १२ बजेतिर झरेको पहिरोले उनीहरुलाई पुरेको थियो । लगातारको वर्षाको कारण सो क्षेत्रमा १६ घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार १०:३०