१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

२५ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । फागुन २५ गते मंगलबार बोर्डले कम्पनीकाे  हकप्रद निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले १ बराबर ०.५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले ५० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हकप्रद निष्कासन गर्ने अनुमति पाएसँगै सेयरमूल्यमा उछाल आएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ८.९९ प्रतिशतले बढेर ३७६ रुपैयाँमा कारोबार भइरहेको छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १३:२३