१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सोमबार पनि बढ्याे सुनको मूल्य, कति पुग्यो तोलाको ?

२४ फागुन, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार तोलाको ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १२६५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार ११:१७