१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

‘फ्रि तिब्बत’ को गतिबिधिमा सहभागी डिएसपी श्यामकुमार राईमाथि छानबिन सुरु

१४ असार, काठमाडौँ । नेपाल प्रहरीका डिएसपी श्यामकुमार राई माथि ‘फ्रि तिब्बत’ को गतिबिधिमा सहभागी भएको अभियोगमा छानविन सुरु भएको छ । नेपालमा ‘फ्रि तिब्बत’सम्बन्धी गतिविधि गर्दै आएको संस्थाको कार्यक्रममा अतिथि बनेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईमाथि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन थालेको हो ।

डिएसपी राई ‘फ्रि तिब्बत’सम्बन्धी गतिविधि गर्दै आएको संस्थाको कार्यक्रममा अतिथि बनेको समाचार सार्वजनिक भएपछि अनुसन्धान थालेको महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले जानकारी दिएका छन । उनले अनुसन्धानमा दोषी देखिए राईमाथि कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

तिब्बती धर्मगुरु कर्मापा लामाको ३३ औं जन्मोत्सवको अवसरमा बौद्धमा आयोजित एक कार्यक्रममा मंगलबार डिएसपी राई अतिथी बनेर गएका थिए । तिब्बती बौद्ध धर्ममा कर्मापा लामा दलाई लामापछिको दोस्रो ठूलो पद हो । जून पदमा हाल थाये दोर्जे छन् । उनै दोर्जेको ३३ औं जन्मोत्सव नेपालमा पनि तिब्बती शरणार्थीहरुले मनाएका थिए । नेपालले एक चीन नीति लिएकाले ‘फ्रि तिब्बत’सम्बन्धी गतिविधि नियन्त्रण गर्दै आएको छ ।

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ०५:३२