१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

२१ फागुन, काठमाडाैँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । फागुन २० गते बसेकाे संस्थाकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १२:३१