१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सिंगटी हाइड्रोको आइपिओ आज बाँडफाँड हुँदै

१७ फागुन, काठमाडाैँ । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गतेबाट फागुन ३ गतेसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) काे बाँडफाँड आज बाँडफाँड हुँदैछ । आइपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसाे ३:३० बजे हुने छ ।


उक्त आइपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । याे आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएकाे भन्दा २०.३७ प्रतिशत बढी आवेदन हाे । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १०:०१