२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नुवाकोटको त्रिशुलीसहित पाँच अस्पतालका लागि सुविधा सम्पन्न एम्बुलेन्स दिँदै बाग्मती सरकार

१५ फागुन, काठमाडाैँ । बागमती प्रदेश सरकारले नुवाकोटको त्रिशुलीसहित पाँच अस्पतालका लागि सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ । अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत ५ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पाैडेलले जानकारी दिए ।

पाैडेलका अुनसार मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, धादिङको धादिङ अस्पताल र नुवाकोटको त्रिशुली अस्पताललाई भोली हेटाैँडामा एक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार ११:५९