१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलामा ?

१४ फागुन, काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ११:५४