१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सेको सिस्टममा प्राविधिक समस्या, निफ्राको मूल्य शतप्रतिशतले घट्यो

१२ फागुन, काठमाडाैँ ।  बुधबार नेप्सेको सिस्टममा समस्या देखिएको छ। अनलाइन ट्रेडिङ सिस्टममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मूल्य शून्य देखाएको छ । कारोबारको सुरुवातमा ६२३ पुगेको कम्पनीको सेयरमूल्य यो समाचार तयार पार्दासम्म सिस्टममा शतप्रतिशतले घटेर शून्यमा झरेको देखाएको छ ।

२० करोड कित्ता शेयर सूचीकृत भएको सो बैंकको शेयरमूल्य ५९४ रुपैयाँ घट्दा समग्र नेप्से नै घटेको छ। टिएमएस अनुसार यस समाचार तयार पार्दासम्ममा नेप्से ८८.४४ अंक घटेको देखिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १२:१४